Rule 9
बण्डेड वेयरहाउसको इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) बण्डेड वेयरहाउसको सुविधा लिन चाहने देहायका उद्योग वा व्यक्तिले इजाजतपत्रको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछः–
(क) विदेशमा तयारी पोशाक निकासी गर्ने उद्योग,
(ख) आफ्नो उत्पादन तेस्रो मुलुकमा निकासी गर्ने उद्योग,
(ग) खण्ड (क) मा उल्लिखित उद्योग बाहेक आफ्नो उत्पादनको न्यूनतम बीस -प्रतिशत वा एक करोड रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु भारतमा निकासी गर्ने उद्योग,
(घ) नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको करमुक्त पसलबाट बिक्री गर्नका लागि मालवस्तु पैठारी गर्ने व्यक्ति ।
(२) उपनियम (१) बमोजिम निवेदन दिने उद्योगले सोही उपनियमको खण्ड (क), (ख) वा (ग) बमोजिमको उद्योग हो भन्ने कुराको प्रमाणसमेत पेश गर्नु पर्नेछ । तर सञ्चालनमा आएको एक वर्ष पूरा नगरेको उद्योगले बण्डेड वेयरहाउसको इजाजतपत्र लिन चाहेमा निकासी योजना र आफ्नो उत्पादन विदेशमा निकासी गर्ने वा उत्पादनकोे न्यूनतम बीस प्रतिशत वा एक करोड रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु भारतमा निकासी गर्ने शर्तसहितको कबुलियतनामा पेश गरेमा सो प्रमाण पेश गर्नु पर्ने छैन ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर आवश्यक जाचबुझ गर्दा बण्डेड वेयरहाउसको इजाजतपत्र दिन मनासिव देखिएमा विभागले इजाजतपत्र दस्तुरवापत छ हजार रूपैंयाँ लिई निवेदकलाई इजाजतपत्र दिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिमको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तोे इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुरवापत तीन हजार रूपैंयाँ तिरी विभागबाट त्यस्तो इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(५ ) उपनियम (४) बमोजिमको अवधिमा इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र तीन हजार रुपैयाँ थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ । त्यस्तो अवधिभित्र समेत नवीकरण नगराएको इजाजतपत्र स्वतः रद्द हुनेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र नवीकरण नगरेको अवधिमा बण्डेड वेयरहाउसको इजाजतपत्रवालाले बण्डेड वेयरहाउसको सुविधा उपभोग गर्न पाउने छैन ।